काठमाडौं– सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन् । विपक्षी दलका सांसदहरूले नाराबाजीसहित वेल गरेपछि सोमबारसम्मका लागि बैठक स्थगित गरेका हुन्।
विपक्षीले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने, प्रधानमन्त्रीले माफी माग्नुपर्ने अडान लिएका छन् ।
प्रधानमन्त्रीको अभिव्यक्ति संवेदनशील र गम्भीर विषय भएकाले उच्चस्तरीय राजनीतिक छलफल गरेर समाधान निकाल्नुपर्ने उनीहरुको माग छ ।
विपक्षीको अवरोधले कार्यसूचीमा अघि बढ्ने अवस्था नभएपछि सभामुखले २५ गते सोमबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरेको घोषणा गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।