• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मनोनयन दर्ताको दृश्य: गगनको दलबल, देउवाको समूह!

64x64
डिबी खड्का मंगलबार, पुस ५, २०७९  १६:३५
1140x725

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका लागि प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन्। छैटौंपटक प्रधानमन्त्री बन्ने लक्ष्यसहित देउवाले संसदीय दलको नेतामा दाबी गरेका छन्। थापाले ‘रुपान्तरण र पुस्तान्तरण’का लागि उम्मेदवार बनेको बताएका छन्।

उम्मेदवारी दर्ता गराउन सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पहिल्यै पुगेका थिए देउवा। अर्का प्रत्यासी महामन्त्री थापा आइपुग्नुअघि संसदीय दलको कार्यालयमा रहेको कार्यकक्षमा ‘डकुमेन्ट’ मिलाउन सक्रिय रहे। बसेरा होटेलबाट केही ढिलोगरी पुगेका थापा भने सिधै उम्मेदवारी दर्ता गर्ने ठाउँतिर सोझिएपछि देउवा पनि सँगसँगै त्यहीँ आइपुगे।

देउवा र थापाले एकसाथ उम्मेदवारी दर्ताको प्रक्रिया पूरा गरे। नयाँ सरकार बनाउने बाटोमा हिँडिरहेका देउवाले आफ्नो पुरानै स्वभावलाई निरन्तरता दिए। काम सकिएपछि फटाफट निस्किन खोजे। फोटो पत्रकारले आग्रह गरे,  ‘दुवैजना एकसाथ हात हल्लाइदिनुहोस्।’ देउवाले सुने तर वास्ता गरेनन्। बरु हतारिँदै बाहिर निस्किए। 

निस्किनै थाल्दा पत्रकारहरूले ठूलो स्वरमा प्रश्न गरे,  ‘संसदीय दलमा तपाईंको फेरि उम्मेदवारी किन?’ देउवाले प्रश्नको ‘रेस्पोन्स’ त परै जाओस्,  प्रश्नकर्तातिर हेर्न समेत उचित ठानेनन्। उनी र उनको ‘समूह’ बाहिर निस्कियो।

सामान्यतया पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री भित्रिदा र निस्किँदा दलबल हुन्थ्यो। तर, मंगलबारको दृष्य फरक देखियो। देउवासँग ‘समूह‘ मात्रै थियो।  दलबल भने महामन्त्री थापाको थियो। उम्मेदवारी दर्ता गराएर फर्किदै गर्दा थोरै भएपनि नारा थापाकै पक्षमा लाग्यो। हुटिङ खाने पनि थापा नै देखिए। तर, उक्त पक्षले नारा लगाउन रोक्यो।

उम्मेदवारी दर्ता गराउँदै गर्दा देउवासँग रामचन्द्र पौडेल मात्रै उभिए। समर्थक पूर्णबहादुर खड्का थापा पक्षका नेताहरूको हुलमा कहीँ छेउतिर परे। बरु देउवाको दायाँ-बायाँ र पछाडि जम्मै थापाको पक्षका नेताहरू उभिएका थिए। देउवाको बायाँ गगन थापाका एक समर्थक विश्वप्रकाश थिए। दायाँतिर थापाका साथमा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, नेताहरू प्रदीप पौडेल, चन्द्र भण्डारीलगायत थिए। 

कांग्रेसका भविष्य परिवर्तनका पक्षमा
देउवा कांग्रेसको पहिलो पुस्तासँगै राजनीति गरेका नेता हुन्। बहुदलपछि निरन्तर शक्तिको केन्द्रमा रहेका उनीसँग तेस्रो पुस्ताका नेता गगन थापा प्रतिष्पर्धामा उत्रिएका छन्। यो सवाल पुस्तान्तरणको मात्रै देखिएको छैन,  गठबन्धनको टेको नभइ उभिनै नसक्ने अवस्थामा पुगेको कांग्रेसलाई तंग्र्याउन चाहने र यथास्थितिमै रमाउनेबीचको प्रतिस्पर्धा जस्तो देखिएको छ।

Gagan-thapa-after-nomination1671533329.jpg
उम्मेदवारी मनोनयपछि गगन थापा। 

उम्मेदवारी दर्तापछि थापाले प्रष्ट रुपमा त्यो सन्देश प्रवाह गरेका छन्। उनले देउवालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्। उनले भने,  ‘असिम श्रद्धाका साथ मेरो उहाँलाई आग्रह छ यो बेलामा शान्त मनले, शान्त चित्तले मनन् गरेर उम्मेदवारी फिर्ता लिने कुरा नेपाली कांग्रेसको जीवनमा ऐतिहासिक निर्णय हुनेछ। यसले कांग्रेसभित्र उत्साहको सन्देश सञ्चार गर्छ। उहाँलाई मनन् गर्न आग्रह गर्छु।’

Ncell 2
Ncell 2
nimb
nimb

देउवाका पक्षमा उभिएका ‘यथास्थिति’का पक्षधरहरू रामचन्द्र पौडेल, विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाका परिवर्तन आकांक्षी नेताहरू गगनका पक्षमा उभिएका छन्। मौन बसिरहेका प्रकाशमान सिंहको खेमाको समेत समर्थन लिएर महामन्त्री जितेका विश्वप्रकाश शर्माले सुरुदेखि नै गगनका पक्षमा चट्टानी अडान लिए।

देउवाका प्रस्तावक रहेका रामचन्द्र पौडेलनिकट मानिएका प्राय: सबै नेताहरू थापाका पक्षमा खुलेका छन्।  देउवालाई सघाइरहेका विमलेन्द्र निधिसँग निकट रहेका रामकृष्ण यादव, तेजुलाल चौधरी, मुक्ता यादवलगायतका सांसदहरू गगनकै पक्षमा खुलेका छन्। यस्तै, नेता शशांक कोइरालानिकट मानिसका सांसद दीपक गिरी पनि गगनको पक्षमा खुलेका छन्।

अनुहारकै हिसाबले हेर्दा पदाधिकारीहरूमा प्रभावशाली देखिएका र पदाधिकारीका लागि प्रतिस्पर्धा गरेकाहरू धेरै गगन पक्षमा उभिएका छन्। महामन्त्रीका दुई विजेता मात्रै होइन, दुई पराजित उम्मेदवार समेत थापाका पक्षमा लागेका छन्। 

थापाले पौडेल र सिंहलाई कांग्रेसमा परिर्वतनको सन्देशलाई मनन् गर्न गर्दै परिवर्तनको पक्षमा उभिन आग्रह गरेका छन्। सिंहले २०७४ मा परिवर्तनका लागि भनेर उम्मेदवारी दिइरहँदा आफू त्यसका पक्षमा दृढतापूर्वक उभिएको स्मरण गराएका छन्।

नेपाली कांग्रेसको भविष्यका भनिएका प्राय: सबै नेताहरू यसपल्ट थापाका साथमा उभिएका छन्। यसले माहोलमा बदलाव आउने शेखर-गगन पक्षको विश्वास छ। 

‘आज साँझ सांसद साथीहरूले शान्त चित्तले आफ्नो मनलाई सोध्नु हुन्छ। जनमतलाई एकपटक सम्झिनुहुन्छ र भोलि बिहान आउँदै गर्दा सबै आग्रहबाट मुक्त भएर, सबै बन्धनबाट मुक्त कांग्रेसको भविष्यको निम्ति मत हाल्नु हुन्छ भन्ने विश्वास गर्छु। अनुरोध गर्न चाहान्छु’, थापाले भने।

चुनावअघि टिकट पाउन र समानुपातिकमा पर्न देउवासँग पक्षधरता देखाएका केही सांसदहरू परिवर्तनका पक्षमा उभिने विश्वास गगन पक्षका नेताहरूको छ। 

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १६:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : १ हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ताको खोजी जारी शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्