काठमाडौं– विश्वकप फुटबलको उपाधि जितेको अर्जेन्टिना फिफा वरीयतामा दोस्रो नम्बरमा रहने भएको छ। यसअघि तेस्रो स्थानमा रहेको अर्जेन्टिना एक स्थानमाथि उक्लिँदै दोस्रोमा रहने इएसपिएनले जनाएको छ।
फिफाले नोभेम्बर महिनाको विश्व वरीयता आगामी बिहीबार सार्वजनिक गर्दैछ। बिहीबार सार्वजनिक हुने वरीयता अनुसार ब्राजिल शीर्ष स्थानमा रहने इएसपिएनले दाबी गरेको छ।
क्वाटरफाइनलबाटै बाहिरिए पनि पाँच पटकको विश्वविजेता शीर्ष स्थानमा रहने इएसपिएनले जनाएको छ। यसअघि शीर्ष स्थानमा रहेको बेल्जियम चौथो विश्वकपको उपविजेता फ्रान्स तेस्रो स्थानमा रहेन बताइएको छ।
https://www.espn.in/football/fifa-world-cup/story/4835050/brazil-still-ranked-as-fifas-no-1-despite-argentina-winning-the-world-cup
शीर्ष २० देशहरु
१. ब्राजिल
२. अर्जेन्टिना
३. फ्रान्स
४. बेल्जियम
५.इंग्ल्याण्ड
६. नेदरल्याण्ड्स
७. क्रोएसिया
८. इटाली
९. पोर्चुगल
१०. स्पेन
११. मोरक्को
१२. स्वीटजरल्याण्ड
१३. अमेरिका
१४. जर्मनी
१५. मेक्सिको
१६. उरुग्वे
१७. कोलम्बिया
१८. डेनमार्क
१९. सेनेगल
२० जापान
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।