काठमाडौं– फ्रान्सेली फुटबल टिमका फरवार्ड करिम बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्।
३५ वर्षीय बेन्जिमाले सामाजिक सञ्जालमार्फत् आफूले राष्ट्रिय फुटबल टिमबाट सन्यास लिएको बताएका हुन्। विश्वकप खेल्ने २६ सदस्यीय सूचीमा परेर पनि घाइते भएका कारण मैदान उत्रन नसकेका बेन्जिमा स्पेनिस ला–लिगा क्लबमा आबद्ध छन्।
बेन्जिमाको अनुपस्थितीमै फाइनलसम्म पुगेको फ्रान्स टाई ब्रेकरमा अर्जेन्टिनासँग ४–२ पराजित हुँदै उपविजेता भएको थियो।
फ्रान्सको तर्फबाट ९७ क्याप खेलेका बेन्जिमाले ३७ गोल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।