काठमाडौं– एक मिनेट सम्हालिन नसक्दा फ्रान्सविरुद्ध जितकाे नजिकै रहेकाे अर्जेन्टिना निर्धारित समयकाे खेल २–२ गाेलकाे बराबरीमा राेकिएकाे छ।
दुवै टिमबीच खेल अतिरिक्त समयमा पुगेकाे छ।
२३ मिनेटमा लिओनल मेसीले पेनाल्टीमार्फत गाेल गरेका थिए। ३६ मिनेटमा डि मारियाले गाेल गर्दै दाेस्राे गाेलकाे अग्रता बनाएका थिए। ८० मिनेटसम्म अर्जेन्टिनाले २ गाेलकाे अग्रता बनाएकाे थियाे। तर ८० मिनेटमा पेनाल्टीकाे अवसर पाएपछि केलियन एमबाप्पेले गाेल गरे। त्यसकाे एक मिनेटपछि फेरि उनले गाेल गर्दै खेललाई २–२ काे बराबरीमा पुर्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।