काठमाडौं– चाेटका कारण जारी विश्वकपमा अघिल्लाे खेल डिबक्समा बसेर खेलेका डि मारियाले गाेलका लागि एउटा अवसर मिलाउनुका साथै एक गाेल गरेका छन्।
उनले २३ मिनेटमा लिओनल मेसीले पेनाल्टीबाट गाेल गर्दा पेनाल्टीकाे अवसर जुराएका थिए। उनलाई डिबक्सभित्र फ्रेन्च डिफेन्डरले लडाउँदा गाेलकाे अवसर प्राप्त भएकाे थियाे।
उनले ३६ मिनेटमा गाेल गरे। फ्रान्सका खेलाडीहरु आक्रमणमा उत्रिंदा काउन्टरमा म्याक एलेस्टरले उपलब्ध गराएकाे बलमा उनले गाेल गरेका थिए।
उनलाई ६४ मिनेटमा निकालेर मार्काेस अकुनालाई प्रवेश गराइएकाे छ। पहिलाे हाफमा उनले फ्रान्सकाे डिबक्स हल्लाउन प्रमुख भूमिका निर्वाह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।