काठमाडौै– फ्रान्सविरुद्ध विश्वकपकाे फाइनलकाे पहिलाे हाफमा अर्जेन्टिनाले २ गाेलकाे अग्रता लिएकाे छ।
अर्जेन्टिनालाई उनीहरुकाे अनुभवी २ खेलाडीले नै अग्रता दिलाएका छन्।
चाेटका कारण अघिल्लाे खेलहरुमा राम्राेसँग खेल्न नपाएका डि मारियालाई अर्जेन्टिनाले सुरुमै मैदानमा उतारेकाे थियाे।
उनलाई २१ मिनेटमा डिबक्सभित्र लडाउँदा अर्जेन्टिनाले पेनाल्टीकाे अवसर पाएकाे थियाे। जसलाई २३ मिनेटमा गाेलमा परिणत गर्दै लिओनल मेसीले जारी विश्वकपमा सर्वाधिक ६ गाेल पुरा गरे।
अर्काे गाेल ३६ मिनेटमा डि मारियाले गरे। फ्रान्सका खेलाडीहरुले आक्रमण बुनिरहँदा काउन्टर अट्याकमा म्याक एलेस्टरले दिएकाे पासमा मारियाले गाेल गरे। पहिलाे हाफमा फ्रान्सका केलियन एमबाप्पे मैदानबाट हराएकाे देखिए।
ओलिभर जिरुडलाई पहिलाे हाफ अगाडि नै मैदानबाट निकाल्नु परेकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।