काठमाडौं– कतारमा जारी २२औं विश्वकपको फाइनलको पहिलो हाफ सकिँदा अर्जेन्टिना २–० गोल अन्तरले अघि छ।
अर्जेन्टिनाका लागि लियोनल मेसी र डि मारियाले एक, एक गोल गरेका छन्। २१ मिनेटमा अर्जेन्टिनाका खेलाडी डि मारियालाई फ्रान्सका डेम्बेलेले डिबक्समा लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। पेनाल्टीमा गोल गर्दै मेसीले सुरुवाती अग्रता बनाएका थिए।
३६ मिनेटमा म्याक एलिस्टरको पासमाथि मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए। निकै चलाखीपूर्ण तरिकाले मेसीले दिएको पास एलिस्टरले अफ बिटमा रहेका डि मारियालाई उपलब्ध गराएपछि उनले जाली चुमाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।