काठमाडौं– कतारमा जारी २२औं विश्वकपको फाइनल खेलेका अर्जेन्टिनाका लियोनल मेसीको अर्को कीर्तिमान बनाएका छन्।
लुसेल रंगशालामा फाइनल खेल्दै मेसीले विश्वकपमा सबैभन्दा बढी खेल खेल्ने कीर्तिमान बनाएका हुन्।
फाइनल खेलसँगै मेसीले विश्वकपमा २६ खेल खेल्दै कीर्तिमान बनाएका हुन्। यो नै विश्वकपकपमा कुनै पनि खेलाडीले खेलेको सबैभन्दा बढी खेल हो।
यसअघि जर्मनीको लोथार मसाउथले २५ खेल खेल्दै सबैभन्दा बढी खेल्ने कीर्तिमान आफ्नो नाममा राखेका थिए।
फ्रान्सविरुद्ध जारी खेलमा मेसीले पेनाल्टीमार्फत् एक गोल गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।