दाेहा– जिनेदिन जिदानले कतार विश्वकपकाे फाइनल हेर्न फ्रान्सेली फुटबल संघले राखेकाे प्रस्ताव अस्वीकार गरेका छन्। सन् २०२३ मा फ्रान्सकाे प्रशिक्षक डिडिएर डेसच्याम्प्सकाे स्थान लिने अनुमानका बीच लाइमलाइटमा आउन नचाहेकाे उनी निकट श्राेतले बताएकाे छ।
फ्रान्स लगातार दाेस्राे पल्ट विश्वकपकाे फाइनलमा छ भने उसका लागि उपाधि रक्षा गर्ने सुनाैलाे अवसर पनि छ। तेस्राे पल्ट विश्वकप जित्ने अभियानमा रहेकाे फ्रान्स लुसेल रंगशालामा अर्जेन्टिनासँग भिड्दै छ।
सन् १९९८ मा पहिलाे पल्ट उपाधि जित्दा डेसच्याम्पससँगै जिदान पनि टिममा सहभागी थिए। जिदानले फ्रान्सकाे जितमा कुनै किसिमकाे ध्यान आफूतर्फ केन्द्रीत गर्न नचाहेकाे मुन्डाे डेपाेर्टिभाेले लेखेकाे छ।
जिदानले फ्रान्सकाे प्रशिक्षक बन्न पेरिस सेन्ट जर्मेनकाे महंगाे प्रस्ताव अस्वीकार गरेकाे कुरा यसअघि सार्वजनिक भएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।