काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई अर्जेन्टिनी खेलाडी लियोनल मेसीको पक्षमा उभिएका छन्। आइतबार राति हुँदै गरेको फाइनल खेलका लागि उनले मेसीप्रति आफ्नो पक्षधरता स्पष्ट पारेका हुन्।
फाइनल खेल अर्जेन्टिना र फ्रान्सबीच हुँदैछ। यो खेललाई लियोनल मेसी र केलियन एम्बाप्पेबीचको प्रतिस्पर्धाको रुपमा हेरिएको छ।
आइतबार ट्विटरमा डा भट्टराईले दुवैलाई दाँज्दै लेखेका छन्- ‘मलाई पनि मेस्सी र एम्बाप्पे दुवै मन पर्ने खेलाडी हुन्! मेस्सी उत्कृष्टतम हुन् र आजबाट बिदा लिँदैछन्। एम्बाप्पेलाई समय छ! अतःआज मेस्सी!’
फाइनल जितेर अर्जेन्टिना र फ्रान्स तेस्रो जित निकाल्न चाहन्छन्। दुई टिमबीच नेपाली समय अनुसार आइतबार राति ८:४५ मा खेल हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।