दाेहा– माेरक्काेका मिडफिल्डर बिलाल अल खानुस विश्वकपकाे नकआउट चरणमा डेब्यु गर्ने सबैभन्दा युवा खेलाडी बन्दैछन्।
क्राेएसियाविरुद्ध शनिबार राती हुने तेस्राे स्थानकाे खेलमा माेरक्काेले उनलाई मिडफिल्डमा उतार्दै छ।
खानुस १८ वर्ष २ सय २१ दिनमा विश्वकपकाे नकआउट चरणमा डेब्यु गर्दैछन्। बेल्जियममा जन्मिएका खानुस जेन्क क्लबबाट व्यवसायिक फुटबल खेल्छन्।
बेल्जियमकाे युथ–१८ टाेलीबाट प्रतिनिधित्व गर्दै तीन अन्तर्राष्ट्रिय खेल खेलिसकेका खानुसले १ गाेल पनि गरिसकेका छन्।
उनी यही सालदेखि माेरक्काेमा फर्किएका थिए। उनले माेरक्काेकाे युथ–२० र २३ टिममा रहेर ६ खेल खेलिसकेका छन्। गत नाेभेम्बरमा विश्वकपका लागि टिम छनाेट गरिदा उनलाई पनि २६ सदस्यीय टाेलीमा स्थान दिइएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।