काठमाडौं– कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकपमा तेस्रो स्थानका लागि आज खेल हुँदैछ। कतारको खालिफा स्टेडियममा आज बेलुका पौने ९ बजेदेखि क्रोएसिया र मोरक्को बीचमा खेल हुँदैछ।
उनीहरुबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुँदैछ। सेमिफाइनलमा मोरक्को फ्रान्ससँग २–० गोलले पराजित भएको थियो।
यस्तै, क्रोएसिया अर्जेन्टिनासँग ३–० ले हारेको थियो। क्रोएसिया र मोरक्कोले समूह चरणमा गोलरहित बराबरी खेलेका थिए। विश्व कपको उपाधिको लागि भोलि फ्रान्स र अर्जेन्टिना खेल्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।