काठमाडौं– पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले स्पेनिस ला–लिगा क्लब रियल मड्रिडमा ट्रेनिङ सुरु गरेका छन्। रोनाल्डोले रियलको ट्रेनिङ सेन्टरमा एक्लै ट्रेनिङ गरेको मार्काले उल्लेख गरेको छ।
क्लबविहीन भएका रोनाल्डोले रियल मड्रिडको मैदानमा ट्रेनिङ सुरु गरेसँगै रोनाल्डो रियल मड्रिड फर्कन सक्ने चर्चा गरिएको छ। क्लब र प्रशिक्षकसँगको खराब सम्बन्धका कारण इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट बिदा भएका रोनाल्डो यतिखेर क्लबविहीन छन्।
रोनाल्डोको रियल मड्रिडसँग राम्रो सम्बन्ध रहेकाले रियल फर्कन सक्ने चर्चा पनि गरिएको छ। यसअघि साउदी अरेबियाको क्लब अल नासरले मोटो रकममा रोनाल्डोलाई आफ्नो क्लबमा भित्र्याउने इच्छा देखाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।