काठमाडौं– फ्रान्सले ७९ मिनेटमा दाेस्राे गाेलकाे अग्रता बनाएकाे छ। माेरक्काेविरुद्ध दाेस्राे गाेल राेन्दाल काेलाे मानीले गाेल गरेका छन्।
उनले मैदानमा प्रवेश गरेकाे ४४ सेकेण्डभित्रै गाेल गरेका हुन्। उनी विश्वकपकाे नकआउट चरणमा पद्स्थापन खेलाडीकाे रुपमा छिटाे गाेल गर्ने दाेस्राे भएका छन्।
उनीभन्दा अगाडि डेनमार्कका इबे सान्डेले सन् १९९८ काे विश्वकपमा २६ सेकेण्डमा नाइजेरियाविरुद्ध गाेल गरेका थिए।
फ्रान्सले थिओ हर्नान्डेजकाे गाेलमा पहिलाे हाफकाे ५ मिनेटमै अग्रता बनाएकाे थियाे।
काेलाे मानीलाई ओस्माने डिम्बेलेकाे स्थानमा ७९ मिनेटमै मैदान प्रवेश गराइएकाे थियाे।
यसअघि माेरक्काेले गाेल फर्काउन थुप्रै प्रयास गरेकाे थियाे। तर फ्रेञ्च डिफेन्डरले डिबक्सभित्र उनीहरुकाे प्रयास विफल तुल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।