काठमाडौै– विपक्षी टाेलीविरुद्ध एउटा पनि गाेल नखाई विश्वकपकाे सेमिफाइनल पुग्ने पहिलाे अफ्रिकी देशकाे इतिहास बनाएकाे माेरक्काेले फ्रान्ससँग पहिलाे गाेल खाएकाे छ।
कतारमा हाल विश्वकपअन्तर्गत माेरक्काे र फ्रान्स दाेस्राे सेमिफाइनलमा भिड्दै छन्। बुधबार रातीकाे याे खेलमा जुन टिम विजयी हुन्छ त्यसले आइतबार उपाधिका लागि फाइनलमा अर्जेन्टिनासँग खेल्ने छ।
डिफेन्डिङ च्याम्पियन फ्रान्सका लागि डिफेन्डर थिओ हर्नान्डेजले ५ मिनेटमा गाेल गरेका छन्। फ्रान्सले विश्वकपकाे पछिल्लाे २५ खेलमा पहिले गाेल गरेपछि खेल हारेकाे छैन।
हर्नान्डेज विश्वकपकाे सेमिफाइनलमा छिटाे गाेल गर्ने दाेस्राे खेलाडी बनेका छन्। उनले ४ मिनेट ३९ सेकेण्डमा गाेल गरेका थिए। यसअघि २ मिनेटमा सन् १९५८ काे विश्वकपमा ब्राजिलका भाभाले फ्रान्सविरुद्ध गाेल गरेका थिए।
माेरक्काेले छैटौै खेलमा विपक्षी टाेलीबाट पहिलाे गाेल खाएकाे हाे। समूह चरणकाे खेलमा क्यानडाविरुद्ध माेरक्काेका नायफ अगुर्डले ४० मिनेटमा आत्मघाती गाेल गरेयता अफ्रिकी टिमले कुनै देशविरुद्ध गाेल खाएकाे थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।