लण्डन– कतार विश्वकपको बेला रंगशालामा खुला कपडा लगाएर खिचेको फोटो आफ्नो सोसल साइटमार्फत सार्वजनिक गरेपछि वयस्क चलचित्रकी नायिक आस्ट्रिड वेटलाई ज्यान मार्ने धम्की आउन थालेको छ।
आस्ट्रिडले विश्वकपअन्तर्गत अर्जेन्टिना र अस्ट्रेलियाविरूद्धको खेलमा कालो जिन्सको कट्टु र माथि खुला कपडा लगाएर फोटो खिचेकी थिइन। उनले ती तस्बिरहरू सार्वजनिक गरेपछि ट्रोल भएकी हुन्।
उनले तस्बिर अहमद बिन अली रंगशालामा खिचेकी थिइन। मध्यपूर्वको देशमा आधुनिक खुला कपडामा महिलाहरूलाई हिँड्न प्रतिबन्ध छ। सरिया कानुनअनुसार महिलाहरूले पुरै शरीर ढाकेर हिँड्नुपर्ने बाध्यता छ।

तर, रंगशालामा खुला कपडा लगाएर पोजिएकी आस्ट्रिडलाई फुटबल समर्थकले मध्यपूर्वी देशको भावनामा चोट पुर्याएको भन्दै धम्की दिएका हुन्।
२२ वर्षीय आस्ट्रिडको इन्स्टामा ३ लाख ३३ हजार फलोअर्स छन्। उनले जारी विश्वकपमा इंग्ल्याण्डलाई समर्थन गरेकी थिइन। तर, उनको टिम क्वाटरफाइनलमा फ्रान्सद्धारा २–१ गोलले पराजित हुँदै बाहिरिएको थियो।
कतारमा जारी विश्वकपमा क्रोएसियाली मोडल इभाना नोल निकै चर्चामा रहिन्। उनको आधुनिक पहिरन कतार विश्वकपमा चर्चाको विषय बनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।