काठमाडौं– लिओनल मेसीले कतारमा जारी विश्वकपमा अर्जेन्टिनाकाे सफलताकाे श्रेय प्रमुख प्रशिक्षक लिओनल स्काेलानीलाई दिएका छन्। उनले स्काेलानीकाे नेतृत्वमा खेल्दा निकै रमाइलाे भएकाे जनाए।
अर्जेन्टिनाले मंगलबार राती भएकाे खेलमा क्राेएसियलाई ३–० गाेलले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेकाे छ। उनी हाल गाेल्डेन बुटकाे दाैडमा केलियन एमबाप्पेसँगै अग्रपंक्तिमा छन्। दुवैले ५ गाेल गरेका छन्।
क्राेएसियाविरुद्ध मेसीले अविश्वसनीय कला प्रदर्शन गरेका थिए। तर उनी आफ्नाे खेलभन्दा पनि स्काेलानीकाे याेगदानलाई बेवास्ता गर्न नहुने बताउँछन्।
‘मलाई लाग्छ अहिले टिममा सिर्जनशील खेलाडी छन्, उनीहरुलाई हरेक खेलकाे मुभ कसरी पढ्ने थाहा छ,’ मेसीकाे भनाई उध्रृत गर्दै ओले पत्रिकाले लेखेकाे छ।
उनले स्काेलानीकाे तारिफ गर्दै भनेका छन्, ‘ उहाँलाई थाहा छ, कहाँ र कतिबेला खेलाडीलाई पेलाउने हाे। खेललाई पढेर जतिबेला खेलाडि निकाल्ने हाे र कतिबेला दबाब दिने हाे सबै जानकारी राख्नु हुन्छ। उहाँ धेरै राम्रो प्रशिक्षक हुनुहुन्छ, जसले कुनै मौका छोड्दैन,’ मेसीले भने।
खेल कसरी खेलाउने भन्ने विषयमा स्काेलानी स्पष्ट भएकाे मेसीले बताए। ‘उहाँले हरेक विवरण देखाउनुहुन्छ। हामीलाई थाहा थियो कि खेल यसरी हुनेछ र त्यसैले हामीले चिन्ता गरेनौं।’
मेसीले क्राेएसियाविरुद्धकाे खेल एकदमै गम्भीर भएकाे बताए। ‘हामीले यसका लागि तयारी गरेका थियौं। हामीलाई थाहा थियो, उनीहरूसँग धेरै बल हुनेछ र हामीसँग हाम्रा अवसरहरू। हामीले सधैं झैं खेलको लागि धेरै राम्रो तयारी गर्यौं,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।