काठमाडौं– मोरक्कोविरूद्ध बुधबार राती नेपाली समयअनुसार पौने एक बजेदेखि सुरु हुने दोस्रो सेमिफाइनलमा फ्रान्सले नियमित खेलाडीलाई नै सुरुवाती एघारमा उतार्ने सम्भावना प्रबल छ।
पनि फ्रान्स ४–३–२–१ को फर्मेसनमा उत्रिने अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले बताएका छन्।
गोलकिपर कप्तान ह्युगो लोरिसको नेतृत्वमा उत्रिने फ्रेञ्च टोलीमा डिफेन्डरको रूपमा आज जुल कुन्दे, राफायल भार्ने, डेयट अपमेकानो र थिओ हर्नान्डेजलाई उतार्ने सम्भावना प्रबल छ।
डिफेन्सिभ मिडफिल्डमा एड्रियन रेबियट, औरेलियान चौउमेनी, आन्टोन ग्रेजमन हुनेछन् भने आक्रामक मिडफिल्डमा ओस्माने डेम्बेले र केलियन एमबाप्पे छन्। फरवार्डको भूमिकामा ओलिभर जिरुडको निरन्तरता कायम रहने सम्भावना छ।
जारी विश्वकपमा एमबाप्पेले सर्वाधिक ५ गाेल गरेका छन्। उनी बराबर पाँच गाेल अर्जेन्टिनाका लिओनल मेसीले गरेका छन्। यसपछि ४ गाेल जिरुडले गरेका छन्। अर्जेन्टिनाका जुलियान अल्भारेजले पनि ४ गाेल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।