काठमाडौं– क्रोएसियामाथि ३–० को सानदार जित निकाल्दै अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
अर्जेन्टिनालाई फाइनलमा पुर्याउने क्रममा कप्तान लियोनल मेसीले ३४ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे भने जुलियन अल्भारेजले दुई गोलको योगदान दिए।
२२ वर्षीय अल्भारेजले ३९ औँ मिनेटमा गरेको व्यक्तिगत पहिलो गोलको चर्चा अहिले भइरहेको छ। उनले मैदानको मध्यभागबाट एक्लै लगेर गोल गरेका थिए।
उनले गोल गरेपछि ब्राजिली महान खेलाडी रोनाल्डिन्होले पनि उठेर ताली बजाएका थिए। ब्राजिल र अर्जेन्टिना फुटबलका कट्टर दुशमन हुन्। उनीहरुले हत्तपत्त एकअर्काको समर्थन गर्दैनन्। यस्तोमा अर्जेन्टिनी खेलाडीले गोल गर्दा ब्राजिली खेलाडीले ताली बजाएको दृश्य देखेर दर्शकहरुले रमाइलो मानेका थिए। यसको चर्चा अहिले विश्वभर भइरहेको छ।
अल्भारेजले मेसीको पासमा ६९ औँ मिनेटमा अर्को गोल थपेपछि अर्जेन्टिनाले सहज जित निकालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।