काठमाडौं– क्राेएसियाली माेडल इभाना नल एक पल्ट फेरि चर्चाकाे शिखरमा पुगेकी छिन्। अर्जेन्टिनाविरुद्ध विश्वकपकाे सेमिफाइनल खेलमा पनि उनी राताे र सेताे लुगा लगाएर रंगशाला प्रवेश गरेकी थिइन।
तर मंगलबार राति भएकाे खेलमा उनले जिन्स प्यान्ट लगाएकी थिइन। उनकाे कामुक पाेसाकलाई लिएर आयाेजक कतारले असन्तुष्टी जनाउदै आएकाे थियाे।

कतारमा महिलाहरुकाे पहिरनलाई लिएर कडा कानुन छ। उनी आधुनिक लुगा लगाएर रंगशालाभित्र प्रवेश गर्दा कतारी दर्शकले सबैभन्दा बढी उनलाई पछ्याएका थिए।
क्राेएसियाले क्वाटर फाइनलमा ब्राजिललाई पराजित गर्दा सुरक्षााकर्मीले उनलाई दर्शकसँग फाेटाे खिच्न दिएका थिएनन्। उनलाई रेलिङमा बसेर फाेटाे खिच्न पनि दिइएकाे थिएन।
३० वर्षीय पूर्व मिस क्राेएसियाले यस विषयमा असन्तुष्टी जाहेर गरेकी थिइन।
इभाना कतारमा जारी विश्वकपकाे सबैभन्दा हट दर्शक मानिन्छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।