काठमाडौं– खेलकाे सुरुवातमा अर्जेन्टिनालाई हम्मेहम्मे पारेकाे क्राेएसिया ५ मिनेट सम्हालिन नसक्दा पहिलाे हाफमा २–० गाेलले पछाडि परेकाे छ।
विश्वकपअन्तर्गत मंगलबार राती भएकाे पहिलाे सेमिफाइनलमा लिओनल मेसी र जुलियान अल्भारेजकाे गाेलकाे सहयाेगले अर्जेन्टिनाले २ गाेलकाे अग्रता लिएकाे छ।
अर्जेन्टिनाका लागि ३४ मिनेटमा मेसीले पेनाल्टीमार्फत गाेल गरे। क्राेएसियाली गाेलकिपरले डिबक्सभित्र अल्भारेजलाई लडाएपछि प्राप्त पेनाल्टीकाे अवसरलाई मेसीले गाेलमा परिणत गरे।
त्यसकाे ५ मिनेटभित्र मेसीले मध्यभागबाट दिएकाे लामाे पासमा अल्भालेजले उत्कृष्ट गाेल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।