काठमाडौं– लिओनल मेसीकाे पेनाल्टीकाे सहयाेगले ३४ मिनेटमा अर्जेन्टिनाले गाेलकाे अग्रता लिएकाे छ। अल्भारेजलाई डिबक्सभित्र लडाएपछि प्राप्त पेनाल्टीमा मेसीले गाेल गरेका हुन्। मेसी विश्वकपमा अर्जेन्टिनाका लागि सर्वाधिक गाेल गर्ने खेलाडी बन्न पुगेका छन्।
उनले गाब्रियल बाटिस्टुटाकाे विश्वकपमा १० गाेल गर्ने कीर्तिमानलाई पछाडि छाेडेका छन्।
मेसीले विश्वकपमा ११ गाेल पुरा गरेका छन्। जारी विश्वकपमा उनकाे याे पाँचाै गाेल थियाे। उनी कतार विश्वकपमा सर्वाधिक गाेल गर्ने खेलाडीकाे सूचीमा अगाडि उभिएका छन्। उनी बराबर फ्रान्सका केलियन एमबाप्पेले पनि पाँच गाेल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।