दाेहा– अर्जेन्टिनाविरुद्ध मंगलबार राती सुरु हुन लागेकाे विश्वकपअन्तर्गत सेमिफाइनल खेलका लागि क्राेएसियाले ३ जना स्ट्राइकरलाई एकै पल्ट मैदानमा उतार्ने भएकाे छ।
उसले इभान पेरेसिच, आनद्रेयी क्रामारिच र मारियाे पासालिचलाई अग्रपंक्तिमा उतारेकाे छ। यसअघि क्राेएसियाले पेरेसिचकाे रुपमा एक मात्र स्ट्राइकरलाई उतार्ने गर्दथ्याे।
अर्जेन्टिनाविरुद्ध उसले ४–३–३ काे फर्मेसनमा खेलाडी उतारिरहेकाे छ। अर्जेन्टिना ४–४–२ काे पुरानै फर्मेसनमा उत्रिने भएकाे छ। अग्रपंक्तिमा उसले लिओनल मेसी र जुलियान अल्भारेजलाई नै उतारेकाे छ। डि मारिया फेरि बेञ्चमा छन्। मिडफिल्डमा डि पल, इन्जाे फर्नान्डेज, लियान्द्राे पारडेस र म्याक एलेस्टर समावेश छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।