दाेहा– स्विडेनका पूर्वस्टार ज्लाटन इब्राहिमाेभिचले कतारमा जारी विश्वकप मेसीका लागि अर्जेन्टिनाले जित्ने सूवर्ण अक्षरमा लेखिएकाे भविस्यवाणी गरेका छन्। विश्वकपअन्तर्गत अर्जेन्टिनाले मंगलबार राती गत विश्वकपकाे फाइनलिस्ट क्राेएसियाविरुद्ध खेल्नुपूर्व ज्लाटनले यस्ताे भविस्यवाणी गरेका हुन्।
यसपालिकाे विश्वकपमा निकै उथलपुथल रह्याे। जसमा ब्राजिल, जर्मनी, स्पेन र बेल्जियम जस्ता बलिया टिम पहिले नै बाहिरिसकेका छन्।
ज्लाटनले विश्वकपकाे फाइनलमा अर्जेन्टिना र माेरक्काे भिडे कुनै अचम्म नमान्दा हुने बताएका छन्। उनले माेरक्काेकाे टिमकाे विषयमा आफू पहिलेदेखिनै जानकार रहेकाे हुनाले उनीहरुले राम्राे नतिजा निकाल्नेमा ढुक्क भएकाे बताए।
इब्राहिमाेभिच र मेसीले सन् २००९–१० काे लिग फुटबल बार्सिलाेनाबाट सँगै खेलेका थिए। यतिबेला बार्सिलाेनाले ला लिगा, स्पेनिस सुपर कप र क्लब विश्वकपकाे उपाधि जितेकाे थियाे।
मेसीले क्लब फुटबलमा सबै उपाधि जितिसकेका छन्। सात पल्टकाे ‘बालाेन डि ओर’ विजेता मेसीले एउटै मात्र प्रतिष्ठित प्रतियाेगिताकाे रुपमा विश्वकप जितेका छैनन्। उनी यसपालि विश्वकप जित्ने अभियानमा छन् र उनकाे अगाडि सेमिफाइनलमा क्राेएसिया उभिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।