दाेहा– विश्वकपमा आश्चर्यजनक नतिजा निकाल्दै सेमिफाइनल पुगेकाे माेरक्कन फुटबल संघले आफ्ना समर्थकहरुलाई १३ हजार टिकट नि:शुल्क उपलब्ध गराएकाे छ।
माेरक्काेले बुधबार राती फ्रान्ससँग दाेस्राे सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछ। उत्तर अफ्रिकी राष्ट्र माेरक्काे विश्वकप इतिहासमा पहिलाे अफ्रिकी देशकाे रुपमा सेमिफाइनल प्रवेश गरेकाे हाे। उसले क्वाटर फाइनलमा पाेर्चुगललाई १–० गाेलले पराजित गरेकाे थियाे।
माेरक्काेले त्यसअघि पूर्वविश्व विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा अन्तिम १६ मा पराजित गरेकाे थियाे।
संघले सेमिफाइनलमा आफ्नाे टिमलाई रंगशाला पुगेर समर्थन गराेस् भन्ने उद्धेश्यले कतार विश्वकपका लागि नि:शुल्क टिकट उपलब्ध गराएकाे हाे।
माेरक्कन समर्थकहरुले कतारस्थित आफ्नाे दूतावासमार्फत याे टिकट प्राप्त गर्नेछन्। माेरक्काेका समर्थकहरु सेमिफाइनल खेल हेर्न ३० वटा प्रमाेसनल फ्लाइट बुक गरेर कतार पुगिरहेका छन्। उनीहरुलाई राेयल एयर माराेकले चार्टर गरिरहेकाे छ।
गत साता पाेर्चुगलविरुद्ध क्वाटर फाइनल खेल हेर्न सरकारी विमानले ७ वटा अतिरिक्त चार्टरलाई स्विकृति प्रदान गरेकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।