दोहा– इंग्ल्याण्डलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनल पुगेपछि फ्रेञ्च खेलाडीलाई होटलमा समर्थकहरूले नायक जस्तै स्वागत गरेको भिडियो भाइरल भएको छ।
शनिबार राती सम्पन्न क्वाटर फाइनल खेलमा इंग्लिस कप्तान ह्यारी केन दोस्रो पेनाल्टीबाट गोल गर्न चुकेपछि फ्रान्स विजयी भएको थियो। जितपछि दोहास्थित अल–मेसिला होटलमा फर्किएका फ्रेञ्च खेलाडीलाई समर्थकहरूले भब्य स्वागत गरेका थिए।
यतिबेला आन्टोन ग्रेजमन खुसीले झुमेका थिए। डिफेन्डिङ च्याम्पियन फ्रान्सले बुधबार राती दोस्रो सेमिफाइनल मोरक्कोसँग खेल्दै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।