दोहा– क्रोएसियाविरुद्ध मंगलबार राती हुने विश्वकपको सेमिफाइनल खेल निकै चुनौतिपूर्ण हुने अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कोलानीले बताएका छन्।
सोमबार प्रि–म्याच कन्फ्रेन्समा उनले क्राएसियाली टोलीमा उत्कृष्ट खेलाडी भएको हुनाले खेल्न धेरै गाह्रो पर्ने बताए। उनले एकजुट भएर सामूहिक खेल्ने कारण क्रोएसिया बलियो भएको स्पष्ट पारे।
उनले सेमिफाइनलमा एञ्जल डि मारिया र डि पल उपलब्ध हुने बताए। ‘तर उनीहरु कतिबेला उपलब्ध हुन्छन् त्यो हेर्नुपर्छ’, उनले भने। उनले लिओनल मेसी विजेता भएको बताउँदै फुटबल खेल्न जारी राख्ने बताए। ‘हामी हेर्नेछौं, यो मेसीको अन्तिम विश्वकप हो कि होइन। मलाई आशा छ उनले खेलिरहन्छन्।’
उनले क्रोएसियाविरुद्ध आफूहरुले रणनीति बनाइरहेको बताए। ‘क्रोएसियाको धेरै विश्लेषण गर्यौं, उनीहरूले धेरै टोलीका लागि चीजहरू गाह्रो बनाए। हामी उनीहरूलाई कहाँ आक्रमण गर्न सक्छौं र उनीहरूलाई चोट पुर्याउन सक्छौं, त्यसको अध्ययन गरिरहेका छौं।’
उनले लुका मोड्रिचको तारिफ गरे। ‘यो खुसीको कुरा हो, मोड्रिच खेलिरहेका छन् र उनले राम्रो खेलिरहेका छन्’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।