दाेहा– विश्वकपकाे सेमिफाइनलदेखि नयाँ र अपग्रेडेड बल प्रयाेगमा आउने भएकाे छ। फिफाले यसकाे घाेषणा गर्दै कतारमा जारी विश्वकपअन्तर्गत हालसम्म प्रयाेग भएकाे ‘अल रिहला’ बलकाे नयाँ भर्जन ‘अल हिल्म’ लाई सेमिफाइनलदेखिकाे खेलमा प्रयाेगमा ल्याउन लागिएकाे जानकारी दियाे।
एडिडासले विश्वकपका लागि अन्तिम चार खेलमा नयाँ बल प्रयाेगमा ल्याउन लागेकाे हाे। जसअन्तर्गत सेमिफाइनल, तेस्राे स्थानकाे प्लेअफ र फाइनलमा नयाँ बल प्रयाेगमा आउने छन्।
प्रतियाेगितामा रेफ्रीकाे निर्णयलाई ट्रयाक गर्न सहयाेग पुग्ने उद्धेश्यका लागि एडिडासले प्रविधिमैत्री बलकाे व्यवस्था गरेकाे थियाे। यी बलहरु समूह चरण र प्रारम्भिक नकआउटका खेलहरुमा प्रयाेगमा आएका थिए।
तर आयाेजक सहर दाेहा वरिपरिका मरुभूमिहरुलाई समर्पीत गर्दै सुनकाे आकारमा डिजाइन र त्रिकाेणीक ढाँचामा बनाइएकाे ‘अल हिल्म’ बलले यसअघिकाे बलकाे स्थान लिनेछ।
एडिडास कम्पनिका महाप्रबन्धक निक क्र्याग्सले विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्, ‘खेलकुद र फुटबलमार्फत विश्वलाई एक ठाउँमा उभ्याउन ‘अल हिल्म’ ले ज्योतिकाे प्रतिनिधित्व गर्दछ। खेलप्रतिको आफ्नो लगावलाई व्यक्त गर्न विश्वभरिका लाखौं दर्शक एकै ठाउँमा जम्मा हुनेछन्। हामी प्रतियोगिताको अन्तिम चरणमा सहभागी सबै टोलीहरूलाई शुभकामना दिन चाहन्छौं।’
कतार विश्वकपकाे सेमिफाइनलकाे समीकरण तय भइसकेकाे छ। जसमा २०१८ को विजेता फ्रान्स र उपविजेता क्रोएसिया दुबै चार वर्षपछि पुन: सेमिफाइनलमा प्रवेश गरेका छन्। यी दुवैले अन्तिम चारमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र मोरक्को र पूर्व विजेता अर्जेन्टिनासँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।