दाेहा– फ्रान्सविरुद्ध २–१ गाेलले पराजित क्वाटर फाइनल खेलमा इंग्लिस खेलाडीकाे आलाेचनामा परेका ब्राजिलियन रेफ्री विल्टन साम्पायाेले कतारमा जारी विश्वकपमा रेफ्रिकाे भूमिकामा निरन्तरता पाउने भएका छन्।
फिफाले साेमबार उनकाे विषयमा निर्णय गरेकाे हो। उनले कतारमा जारी विश्वकपकाे फाइनल खेलमा रेफ्रीकाे भूमिका निर्वाह गर्नसक्ने सम्भावना बलियाे छ।
प्रिमियर लिगमा रेफ्रीकाे भूमिका निर्वाह गर्ने एन्थाेनी टेलर पनि अन्तिम चरणकाे छनाेटमा जाेगिएका छन्। उनलाई पनि फाइनलकाे भूमिका दिने सम्भावना उत्तिकै छ।
इंग्ल्याण्डविरुद्ध ओरेलियन चाैआमेनीले गरेकाे गाेलमा फ्रान्सका डेओट उपमेकानाेले बुकायाे साकालाई फाउल गरेकाे अपील इंग्ल्याण्डले गरेकाे थियाे।
खेल सम्पन्न भएपछि सेन्टर ब्याक ह्यारी मागुइरेले ब्राजिलियन रेफ्री साम्पायाेकाे विषयमा भनेका थिए, ‘धेरै खराब निर्णय’। तर आलाेचनाका बाबजुद फिफाले साम्पायाेकाे मूल्याकंन गरेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।