दाेहा– विश्वकपकाे दाैरान अर्काे पत्रकारकाे निधन भएकाे छ। अमेरिकी पत्रकारकाे निधन भएकाे ४८ घण्टा बित्न नपाउँदै कतारका फोटाे पत्रकार खालीद अल–मिस्लामकाे निधनकाे खबर बाहिरिएकाे हाे।
उनी अल कास टिभीमा आवद्ध थिए। उनकाे निधन आइतबार भएकाे गल्फ टाइम्सले ट्वीटमार्फत जनाएकाे हाे। उनकाे निधन ह्दयघातबाट भएकाे बताइए पनि सम्पूर्ण जानकारी बाहिर आइसकेकाे छैन।
तर उनकाे निधनलाई लिएर थुप्रै अड्कलबाजी सुरु भएकाे छ। अर्जेन्टिना र नेदरल्याण्ड्सबीचकाे क्वाटर फाइनलकाे रिपाेर्टिङ गर्ने क्रममा यसअघि अमेरिकी पत्रकार ग्रान्ट वाहकाे निधन भएकाे थियाे। उनी रिपाेर्टिङकै क्रममा ढल्न पुगेका थिए। उनकाे निधन पनि ह्दयघातकै कारण भएकाे बताइएकाे थियाे।
ग्रान्टलाई कतार विश्वकपमा समलिङ्गीहरुकाे पक्षमा वकालत गर्दै रंगशालाभित्र प्रवेश गर्ने क्रममा बाहिर निकालिएकाे थियाे। उनले समलिङ्गीलाई समर्थन गर्ने टिसर्ट लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।