• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

मोरक्कोका हिरो गोलकिपर बोनो: कर्मभूमि स्पेन, अर्जेन्टिनाका फ्यान

64x64
नेपाल लाइभ सोमबार, मंसिर २६, २०७९  १५:०४
1140x725

काठमाडौं– कतारमा जारी फिफा विश्वकप २०२२ मा मोरोक्कोको टिमले आफ्ना लागि विशेष स्थान र सम्मान प्राप्त गरेको छ। मोरक्कोको टिम पोर्चुगललाई हराउँदै सेमिफाइनलमा पुगिसकेको छ। 

मोरक्कोको यस सफलतामा जो स्टार एकदम चम्किरहेका छन् ती हुन् गोलकिपर यासिन बोनो। उनलाई प्रशंसक ‘बोनो’ भनेर बोलाउँछन्। 

टिमलाई सेमिफाइनलमा पुर्‍याउनका लागि सबैभन्दा महत्वपूर्ण भूमिका उनकै छ। उनी अहिले प्रशंसकको चर्चाको शिखरमा छन्। उनलाई हिरोलाई जस्तै सम्मान मिलिरहेको छ। 

मोरक्कोले जारी विश्वकपमा अहिलेसम्म पाँच खेल खेलेको छ। र कुनै पनि खेलमा हार व्यहोरेको छैन। विश्वकपमा मोरक्कोको पहिलो प्रतिस्पर्धा क्रोएशियासँग थियो। यो खेलमा कुनै पनि टिमले गोल गर्न सकेनन्। दुवै टिमले अंक बाँडेका थिए। 

यसपछि मोरक्कोले बेल्जियमसँग २–०ले जित निकाल्यो। क्यानडासँग २–१ र स्पेनलाई पेनाल्टीमा ३–०ले हरायो। क्वाटरफाइनलमा भने पोर्चुगललाई मोरक्कोले १–० गोलले पराजित गर्‍यो। 

क्यानडाविरुद्धको प्रतिस्पर्धामा मोरक्कोले आत्मघाती गोल गरेको थियो। यदि यसलाई छाड्ने हो भने अहिलेसम्म जारी विश्वकपमा मोरक्कोले विपक्षी टिमबाट एउटा पनि गोल खाएको छैन। 

यही कारण पिन मोरक्कोको सफलताको श्रेय गोलकिपर बोनालाई दिइएको छ। पोर्चुगलसँगको जितसँगै ३१ वर्षीय गोलकिपर बोनोले भने, ‘हामी यहाँ मानसिकता बदल्न आएका हौं र हिनताको भावबाट बाहिर निस्कन आएका हौं। मोरक्को विश्वको कुनै पनि टिमको सामना गर्नका लागि तयार छ। सेमी फाइनलको अगाडि पनि अरु प्रतिस्पर्धामा।’

Aston Villa transfer comments made after Yassine Bounou stars against Spain  - Birmingham Live

nimb
nimb
Ncell 2
Ncell 2

बोनोको प्रदर्शन 
स्पेनविरुद्धको प्रतिस्पर्धामा बोनोले पेनाल्टी शुटआउटमा एक पनि गोल हुन दिएनन्। यसअघि १३० मिनेट चलेको प्रतिस्पर्धामा उनले स्पेनका तर्फबाट बललाई गोलपोस्ट छुन पनि दिएनन्। 

यस प्रतिस्पर्धापछि स्पेनको टिम विश्वकपबाट बाहिरियो र प्रतिस्पर्धामा मोरक्कोको फुटबल इतिहासमा नाम दर्ता भयो।  

बोनोले भने, ‘हामीले यस मानसिकतालाघ बदल्यौं। हामीपछि खेलाडीको जुन पिँढी आउने छ उनीहरुले थाहा पाउनेछन् कि मोरक्कोका खेलाडी चमत्कार गर्न सक्छन्।’

बोनोले आफ्नो करिअरको महत्वपूर्ण समय स्पेनमै बिताएका छन्। उनी ‘सेभिले’का गोल किपर हुन्। बोनोलाई सन् २०२२ मा फ्रान्सको प्रतिष्ठित याशीन ट्रफिबाट  सम्मानित गरिएको थियो। यो पुरस्कार विश्वका सर्वश्रेष्ठ गोलकिपरलाई दिइन्छ। यो अवार्डपछि उनलाई विश्वको नवौं सबैभन्दा उत्कृष्ट गोलकिपर मानियो। 

बोनोलाई स्पेनको प्रतिष्ठित जमोरा ट्रफिबाट पनि सम्मानित गरिएको थियो। स्पेनमा यो अवार्ड वर्षमा सबैभन्दा कम गोल खाने किपरलाई प्रदान गरिँदै आएको छ। बोनोलाई सन् २०२१–२०२२ सत्रका लागि यो अवार्ड दिइएको थियो।

अगस्ट २०२० मा सेभिलेका तर्फबाट खेलेका बोनोले शानदार गोलकिपिङ गरेका थिए। उनको टिम र म्यानचेस्टर युनाइटेडविरुद्ध २–१ ले विजयी भएको थियो। सेभिलेले यसका साथै आफ्नो छठौं यूरोपिय लिग जितेको थियो।

Bono from U2 branded only 'second greatest Bono in the world' after Morocco  beat Spain - Daily Star

बोनोको यात्रा
बोनोको जन्म आफ्नो देश मोरक्कोभन्दा धेरै टाढा क्यानडाको मोन्ट्रियलमा भएको थियो। सात वर्षको उमेरमा उनी मोरक्को फर्किएका थिए। बालापनदेखि नै उनको रुचि फुटबलमा थियो। तर उनका बुवा खेलप्रति बोनोको लगावविरुद्ध थिए। 

बोनोले वायदाद कासाब्लाका तर्फबाट खेल्न सुरु गरे र व्यवसायिक फुटबलर बन्न जोड दिए। 

अर्जेन्टिना टिमका फ्यान
स्पेनको फुटबल क्लब एट्लेटिको मड्रिडले जब उनलाई अनुबन्ध गर्‍यो तब उनलाई मोरक्को छोडे। तर उनको अनुभव धेरै राम्रो भएन। उनले यो क्लब छाडे। पछि उनी सत्र २०१४–१६ जमोराका साथ रहे। फेरि उनी २०१६–१९ सम्म गिरोना फुटबल क्लबको हिस्सा रहे। यसपछि भने उनी सेभिले पुगे।

भलै बोनो स्पेनसँग जोडिएका छन् तर सबैलाई थाहा छ कि उनी अर्जेन्टिनी फुटबलका ठूला प्रशंसक हुन्। केही वर्षअघि बोनोले भनेका थिए, ‘पहिलो टिशर्ट मेरा बुबाले मलाई दिनुभएको थियो। त्यो अर्जेन्टिनाको थियो।’

बोनोको मुखमा प्राय अर्जेन्टिनाकै नाम आइरहन्छ। यसको कारण बताउँदै उनले एकपटक भनेका थिए, ‘म केही हुनुभन्दा अघि मोरक्कोको धेरै हुँ। जब म स्पेन पुगेँ त्यहाँ मेरो साथमा अर्जन्टिनाका खेलाडी खेलिरहेका थिए। मेरो मुखमा उनीहरुको बोलीको असर पर्‍यो।’

बोनोले चाहने खेलाडी अर्जेन्टिनाका एरियल ओर्टेगा हुन्। जसलाई ‘एल बर्रिटो ओर्टेगा’का नामले पनि चिनिन्छ। एकपटक बोनाेले आफ्नो कुकरलाई मायाँले एरियल भनेर बोलाउने गरेको पनि बताएका थिए। 

अहिले फुटबलको दुनियाँमा मोरक्को सबैभन्दा चासोका हेरिएको टिम हो। लगातार जितका कारण मोरक्कोलाई सबैले नियालिरहेका छन्। जो अब सेमिफाइनलमा फ्रान्ससँग भिड्दैछ। दोस्रो सेमिफाइनल खेल क्रोएशिया र अर्जेन्टिनाबीच हुनेछ।

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  १५:०४
  • #विश्वकप फुटबल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार
रसुवा बाढी : ४३१.१ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर, दर्जनौँ कर्मचारी सम्पर्कविहीन
बाढी प्रभावितको उद्धार, खोज र राहतमा सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको आग्रह
सम्बन्धित सामग्री
फर्नान्डेस ‘पीएफए प्लेअर अफ द इयर’ घोषित म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेस २०२५–२६ सिजनको पीएफए ‘प्लेअर अफ द इयर’ घोषित भएका छन्। बुधबार, भदौ १०, २०८३
सीमा क्रोएसियाको जेडएनके स्प्लिट क्बलमा अनुबन्ध नेपाली महिला फुटबल खेलाडी सीमा रानी घले क्रोएसियाको क्लबमा अनुबन्ध भएकी छन्। मंगलबार, भदौ ९, २०८३
मालेनको ह्याट्रिकमा रोमाको सानदार जित डोनियल मालेनको ह्याट्रिकप्रेरित प्रदर्शनमा रोमाले इटालियन सिरी ‘ए’ को नयाँ सिजनमा सानदार सुरुआत गरेको छ। मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
रसुवा बाढी : ४३१.१ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर, दर्जनौँ कर्मचारी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
बाढी प्रभावितको उद्धार, खोज र राहतमा सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको आग्रह बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
रसुवा बाढीपीडितका लागि एनआरएनएको तत्काल ५ करोड सहयोग, चिकित्सक टोली परिचालन गरिने बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्