दोहा– पोर्चुगललाई क्वाटर फाइनलमा १–० गोलले पराजित गरेपछि मोरक्काका सोफियान बुफालले आफ्नो आमालाई मैदानमा बोलाएर जितको उत्सव मनाएका छन्।
सन् २०१६ को युरोकप च्याम्पियन पोर्चुगललाई पराजित गर्दै शनिबार राती मोरक्को सेमिफाइनल प्रवेश गर्यो। मोरक्को सेमिफाइनल प्रवेश गर्ने पहिलो अफ्रिकी राष्ट्र पनि बनेको छ।
विङ्गरको भूमिकामा खेल्ने सोफियानले आफ्नो देशको ऐतिहासिक उपलब्धीमा उत्सव मनाउन आमालाई मैदानमा बोलाएका थिए।
उनी आमासँग मैदानमै नाचे। मोरक्कोले पहिलो हाफमा युसुफ एन नासेरीको हेडिङ गोलमा खेललाई आफ्नो पक्षमा पारेको थियो। त्यतिबेला डिबक्समा पोर्चुगिज गोलरक्षक डियोगो कोस्टा एरियल बललाई क्लियर गर्न चुकेका थिए।
जितपछि सोफियान र उनको आमाले मैदानमा डान्स गर्दा टिमका अन्य सदस्य पनि उपस्थित थिए। दुवै प्रफुल्लित देखिन्थे।
मोरक्कोसँग पराजय भोगेपछि पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले मैदानमा आफ्नो आँशु थाम्न सकेनन्। उनी खेलाडीहरूको लुगा परिवर्तन गर्ने कोठामा जाँदै गर्दा टनेलमा आँशु खसाल्दै भित्र प्रवेश गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।