काठमाडौं– इंग्लिस कप्तान ह्यारी केनले विश्वकप अन्तर्गत क्वाटर फाइनल खेलमा फ्रान्सविरूद्ध दोस्रो पेनाल्टी गोल गर्न चुकेपछि फ्रेञ्च स्टार केलियन एमबाप्पेले मजाक उडाएका छन्।
राती सम्पन्न खेलमा केन पेनाल्टीबाट गोल गर्नबाट चुकेपछि फ्रान्स २–१ ले विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको थियो।
केन ८४ मिनेटमा पेनाल्टी हान्न चुकेका थिए। उनले हानेको पेनाल्टी गोल पोस्टबाट निकै माथि बाहिरिएको थियो। यतिबेला एमबाप्पे क्रुरतापूर्वक हासेका थिए। उनले केनको मजाक उडाएको तस्बिर सार्वजनिक भएको छ।
इंग्ल्याण्डले यो खेलमा दुई वटा पेनाल्टीको अवसर पाएको थियो। पहिलो पेनाल्टीमा केन सफल भएका थिए।
एमबाप्पेको हासोलाई लिएर मिश्रित प्रतिक्रिया आएको छ। उनले पनि सन् २०२० को युरोकपमा पेनाल्टीको अवसर खेरे फ्याँकेका थिए, त्यतिबेला फ्रान्स पनि प्रतियोगिताबाट बाहिरिएको थियो।
केनले यो सिजन तीन वटा पेनाल्टी मिस गरिसकेका छन्। उनले आफू आवद्ध क्लब टोटेनहामका गोलकिपर ह्युगो लोरिसविरूद्ध पेनाल्टी हानेका थिए। लोरिस पनि टोटेनहामबाट खेल्ने गर्छन। केनले खेल सकिएपछि क्लबको अभ्यासमा पनि लोरिसविरूद्ध पेनाल्टी नहानेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।