काठमाडौं– इंग्ल्याण्डलाई २–१ गाेलले पराजित गर्दै फ्रान्स कतारमा जारी विश्वकपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ। फ्रान्सकाे याे साताै विश्वकपमा सेमिफाइनल प्रवेश हाे।
गत विश्वकपकाे च्याम्पियन पनि रहेकाे फ्रान्सले अब फाइनल प्रवेशका लागि माेरक्काेसँग सामना गर्नु पर्नेछ। माेरक्काे पहिलाे अफ्रिकी राष्ट्रकाे रुपमा शनिबार राती भएकाे अर्काे खेलमा पाेर्चुगललाई १–० गाेलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेकाे थियाे।
इंग्ल्याण्डका कप्तान ह्यारी केनले पेनाल्टीबाट गाेल गर्न चुकेका थिए। यसपालिकाे विश्वकपअन्तर्गत शुक्रबार राती भएकाे दुई वटा खेलकाे नतिजा पेनाल्टी सुटआउटबाट निस्किएकाे थियाे। शनिबार भएकाे दुई क्वाटर फाइनलकाे खेल भने निर्धारित समयमै सम्पन्न भयाे।
यसपालिकाे विश्वकपकाे सेमिफाइनलमा गत विश्वकपकाे दुवै फाइनलिस्ट प्रवेश गरेका छन्। गत विश्वकपकाे फाइनल पुगेकाे क्राेएसियाले ब्राजिललाई स्तब्ध पारेकाे थियाे।
यसपालि युराेपबाट फ्रान्स र क्राेएसिया, दक्षिण अमेरिकी राष्ट्रबाट अर्जेन्टिना र अफ्रिकी राष्ट्रबाट माेरक्काे अन्तिम ४ मा समावेश भएकाे छ।
मंगलबार राती अर्जेन्टिनाले क्राेएसियासँग खेल्ने छ। यस्तै बुधबार राती फ्रान्सकाे भेट माेरक्काेसँग हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।