काठमाडौं– कप्तान ह्यारी केन ८४ मिनेटमा पेनाल्टीबाट गाेल गर्न चुकेपछि इंग्ल्याण्ड डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई २–१ गाेलकाे नतिजा सुम्पिदै विश्वकपबाट बाहिरिएकाे छ।
विश्वकपकाे अन्तिम ४ मा चाैथाे पल्ट प्रवेश गर्ने इंग्लिस सपनामा शनिबार राती कप्तान केन नै अफाप सावित भए।
उनले ५४ मिनेटमा पेनाल्टीबाटै गाेल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। इंग्ल्याण्डले पेनाल्टीकाे दुई वटा अवसर पाएकाे थियाे। पहिलाे पेनाल्टीलाई गाेलमा परिणत गरेका केन दाेस्राेमा भने असफल भए।
उनले आफ्नै क्लब टाेटेनहामका फ्रेञ्च गाेलरक्षकविरुद्ध हानेकाे दाेस्राे पेनाल्टी फ्रान्सकाे गाेल पाेस्टभन्दा धेरै माथि गएकाे थियाे।
फ्रान्सले १७ मिनेटमै डिफेन्सिभ मिडफिल्डर ओरेलियन चाैउमेनीकाे गाेलमा अग्रता बनाएकाे थियाे। पहिलाे हाफकाे २२ र २८ मिनेटमा केनकाे दुई वटा राम्राे प्रहार फ्रेञ्च गाेलकिपर ह्युगाे लाेरिसले जाेगाएका थिए।
दाेस्राे हाफमा आक्रमणकाे धारलाई झन् तिब्र बनाएकाे इंग्ल्याण्डले गाेलकाे थुप्रै अवसर सिर्जना गरेकाे थियाे। तर सफल भएन। साकाले उत्कृष्ट खेल प्रदर्शन गरे।
उनलाई डिबक्सभित्र लडाएकाे आराेपमा इंग्ल्याण्डले पहिलाे पेनाल्टीकाे अवसर पाएकाे थियाे।
फ्रान्सका लागि ओलिभर जिरुडले ७८ मिनेटमा आकर्षक हेडिङ गाेल गरे। ग्रेजमनले टच लाइन नजिकैबाट गरेकाे लामाे क्रसमा जिरुडले गाेल गरेका थिए।
दुई गाेलले पछाडि परेकाे ५ मिनेटभित्रै इंग्ल्याण्डले पुन: पेनाल्टीकाे अवसर पाएकाे थियाे। जब डिबक्समा थिओ हर्नान्डेजले ७९ मिनेटमा अतिरिक्त खेलाडीकाे रुपमा मैदान प्रवेश गरेका मासन माउन्टलाई लडाए।
भारकाे सहयाेगले यसलाई पेनाल्टीकाे निर्णय दिइएकाे थियाे। तर केनले गाेलमा परिणत गर्न सकेनन्। फ्रान्स साताै पल्ट विश्वकपकाे सेमिफाइनलमा प्रवेश गरेकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।