काठमाडौं– कतारमा जारी विश्वकपअन्तर्गत क्वाटर फाइनल खेलमा फ्रान्सविरुद्ध कप्तान ह्यारी केन गाेलकाे दुई वटा अवसरबाट चुक्न पुग्दा इंग्ल्याण्डले पहिलाे हाफमा बराबरी गर्ने अवसर गुमाएकाे छ।
फ्रान्सले १७ मिनेटमा डिफेन्सिभ मिडफिल्डर ओरेलियन चाैउमेनीकाे सुन्दर गाेलमा अग्रता बनाएकाे थियाे। उनलाई डिबक्स बाहिर गाेलका लागि आन्टाेन ग्रेजमनले माैका मिलाइदिएका थिए।
२२ र २८ मिनेटमा केनलाई गाेल फर्काउने माैका जुरेकाे थियाे। तर दुवै पल्ट फ्रेञ्च गाेलकिपर ह्युगाे लाेरिस बाधक बने। २२ मिनेटमा साकाले दिएकाे पासमा केनले डिबक्सभित्र माैका पाएका थिए। तर लाेरिसले उनकाे प्रहार जाेगाए।
२८ मिनेटमा डिबक्स बाहिरबाट केनले बलियाे प्रहार गरेका थिए। त्यसलाई पनि लाेरिसले जाेगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।