काठमाडौं– आन्टोन ग्रेजमनले विश्वकपमा अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीको एउटा कीर्तिमानको बराबरी गरेका छन्।
उनले इंग्ल्याण्डविरूद्ध शनिबार राती भएको खेलमा १७ मिनेटमा डिफेन्सिभ मिडफिल्डर ओरेलियन चौउमेनीलाई डिबक्स बाहिर गोलका लागि अवसर मिलाइ दिएका थिए। विश्वकपमा गोलका लागि मेसीले १६ वटा पास मिलाएका थिए। ग्रेजमनले उनको यो कीर्तिमानको बराबरी गरेका हुन्।
ग्रेजमनले पनि विश्वकपमा गोलका लागि १६ वटा अवसर जुराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।