काठमाडौं– डिफेन्डिङ च्याम्पियन फ्रान्सले इंग्ल्याण्डविरुद्ध टिमका प्रभावशाली ४ अग्रपंक्तिलाई एकै पल्ट मैदानमा उतार्ने पक्का भएकाे छ।
उसले ४–२–३–१ काे फर्मेसनअन्तर्गत स्ट्राइकरकाे भूमिकामा ओलिभर जिरुड तथा आक्रामक मिडफिल्डरकाे रुपमा केलियन एमबाप्पे, एन्टाेन ग्रेजम्यान र ओसुमाने डेम्बेलेलाई एकै साथ उतारेकाे छ।
एमबाप्पे यस विश्वकपमा ५ गाेल गरेर गाेल्डेन बुटकाे दावेदारमा अगाडि छन्।
इंग्ल्याण्डले ४–३–३ काे फर्मेसनअन्तर्गत कप्तान राेय किन, बुकायाे साका र फिल फाेडेनलाई अग्रपंक्तिमा उतारेकाे छ।
मिडमा जाेर्डन हेन्डर्सन, डेक्लन राइस र जुड बेलिङघमलाई उतारेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।