काठमाडौं– माेरक्काेका प्रभावशाली कप्तान राेमान साइसले बुधबार हुने सेमिफाइनल खेल गुमाउने सम्भावना प्रबल बनेकाे छ। पाेर्चुगलविरुद्ध १–० ले विजयी खेलमा उनले चाेट बाेकेका छन्।
उनलाई अस्पताल भर्ना गरिएकाे छ। सन् २०१६ काे युराेकप विजेता पाेर्चुगललाई शनिबार राती पराजित गरेकाे खेल सम्पन्न हुनु १३ मिनेटअघि उनले मैदान छाेड्नु परेकाे थियाे।
मैदान छाेड्नु पर्दा उनी रुँदै स्टेचरमा बाहिरिएका थिए। इंग्ल्याण्डकाे उल्फ क्लबका यी ३२ वर्षीय डिफेन्डरलाई घुँडामा नमिठाे चाेट लागेकाे छ। सेमिफाइनलअघि उनकाे चाेटमा सुधार हुने सम्भावना कम देखिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।