काठमाडौं– स्टार स्ट्राइकर क्रिस्टियानाे राेनाल्डाेका लागि कतारमा जारी विश्वकप निरासाजनक रह्याे। विश्वकपमा सहभागी हुन कतार आउनुअघि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँगकाे लफडा र प्रिक्वाटर फाइनलमा बेञ्चमा बस्नु परेकाे बाध्यताका बीच शनिबार राती भएकाे खेलमा कमजाेर आंकिएकाे अफ्रिकी देश माेरक्काेसँग पराजित हुँदै पाेर्चुगल बाहिरिएकाे छ।
३७ वर्षीय पाेर्चुगिज स्ट्राइकरकाे याे विश्वकप अन्तिम भएकाे खबर बाहिरिरहेकाे अवस्थामा माेरक्काेसँग १–० गाेलले पराजित भएर बाहिरिनु परेकाे घटना राेनाल्डाेका लागि सुखद हाेइन। उनी अर्काे विश्वकपमा ४१ वर्ष पुगिसकेका हुने छन्। र याे उमेरमा पाेर्चुगलकाे टिममा स्थान पाउनु असम्भव मानिन्छ।
राेनाल्डाेका लागि कतार विश्वकप विर्सनलायक बन्याे। उनले प्रतियाेगिताकाे ५ खेलमा १ गाेल मात्र गरे। समूह ‘एच’ काे अन्तिम खेलमा दक्षिण काेरियाविरुद्ध उनलाई दाेस्राे हाफपछि बाहिर निकालिएकाे थियाे।
याे घटनाले उनी निकै निरास देखिए। स्विट्जरल्याण्डविरुद्ध ६–१ गाेलले विजयी खेलमा उनलाई सुरुमा बेञ्चमा राखियाे। दाेस्राे हाफपछि मात्र उनी मैदानमा प्रवेश गरे।
माेरक्काेसँग पराजय भाेगेर बाहिरिएपछि उनी लकर रुमकाे टनेलमा रुँदै गरेकाे अवस्थामा देखिए। उनले याे दुई साता मैदानभित्र र बाहिर तनाव भाेग्नु पर्याे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।