काठमाडौं– पूर्व युराेकप च्याम्पियन पाेर्चुगललाई १–० गाेलले पराजित गर्दै अफ्रिकी राष्ट्र माेरक्काेले कतारमा जारी विश्वकपमा सनसनी मच्चाएकाे छ।
उसले सन् १९८६ विश्वकपकाे घटनालाई ताजा तुल्याउँदै पाेर्चुगललाई क्वाटर फाइनलबाट घरकाे बाटाे देखाएकाे छ भने आफू पहिलाे पल्ट विश्वकपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ।
माेरक्काे विश्वकपकाे सेमिफाइनल पुग्ने पहिलाे अफ्रिकी राष्ट्र हाे। यसअघि क्यामरुन (१९९०), सेनेगल (२००२) र घाना (२०१०) विश्वकपकाे क्वाटर फाइनलमा प्रवेश गरेका थिए तर सेमिफाइनल प्रवेश गर्न सकेका थिएनन्।
माेरक्काेकाे जितमा ४२ मिनेटमा युसुफ इन नेसरीले गरेकाे एक मात्र गाेल निर्णायक बन्याे। उनलाई लेफ्ट डिफेन्डर याहिया अतियात अल्लाहले डिबक्सभित्र पास मिलाएका थिए। जसलाई सेन्टर फरवार्ड युसुफले हेडिङमार्फत गाेल गरे। यतिबेला पाेर्चुगिज गाेलकिपर नराम्ररी चुकेका थिए।

सन् १९८६ काे विश्वकपकाे समूह चरणकाे खेलमा पनि पहिलाे गाेलकाे अग्रता लिएकाे माेरक्काेले ३–१ गाेलले पाेर्चुगललाई पराजित गरेकाे थियाे। यसपालि उसले कुनै गाेल गर्न दिएन।
पाेर्चुगलले दाेस्राे हाफमा क्रिस्टियानाे राेनाल्डाे लगायत तीन स्ट्राइकरलाई मैदानमा उतारे पनि युराेपमा बसेर खेल्ने माेरक्काेका डिफेन्डरहरुले आफ्नाे पर्खाल ताेड्न दिएनन्।
माेरक्काेले ९३ मिनेटमा वालिद चेदिरालाई गुमाएकाे थियाे। उनले दाेहाेराे पहेँलाे कार्ड पाएपछि अन्तिम ५ मिनेटकाे खेल माेरक्काेले १० खेलाडीमा सिमित भएर खेल्नु पर्याे।
राेनाल्डाेले गाेल गर्ने सकेनन्। उनी विश्वकपकाे ८ वटा नकआउट खेलमा गाेल बिहिन रहेका हुन्। उनलाई ५१ मिनेटमा अतिरिक्त खेलाडीकाे रुपमा मैदान प्रवेश गराइएकाे थियाे।
अघिल्लाे खेलमा ह्याट्रिक गाेल गरेका गाेन्सालाे रामाेसले पनि खासै कमाल देखाउन सकेनन्। आज पनि उनलाई प्लेइङ सेटमै राखिएकाे थियाे। उनलाई ६९ मिनेटमा पदस्थापन गर्नुपर्याे।
खेलकाे अन्त्यतिर राेनाल्डाेले राम्राे अवसर पाएका थिए तर उनकाे प्रहारलाई माेरक्काेका गाेलरक्षकले समाते।
माेरक्काेले प्रिक्वाटर फाइनलमा पूर्वविश्व विजेता स्पेनलाई पनि पेनाल्टी सुटआउटमा ३–० गाेलले पराजित गरेकाे थियाे। जारी विश्वकपकाे तीन वटा क्वाटर फाइनलमा निर्धारित समयमा खेल जितेकाे माेरक्काे पहिलाे टाेली हाे। यसअघि अर्जेन्टिना र क्राेएसिया सेमिफाइनलमा प्रवेश गर्दा दुवै निर्णय पेनाल्टी सुटआउटबाटै भएकाे थियाे।
माेरक्काेले जारी विश्वकपमा समूह ‘एफ’ चरणकाे खेलमा बेल्जियमलाई २–०, क्यानडालाई २–१ गाेलले जितेकाे थियाे भने क्राएसियासँग गाेलरहित बराबरी खेलेकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।