दोहा– अमेरिकी खेलकुद पत्रकार ग्रान्ट वालको कतारमा जारी विश्वकपको रिपोर्टिङ गर्ने सिलसिलामा निधन भएको छ।
अर्जेन्टिना र नेदरल्याण्ड्सबीच तनावपूर्ण खेलको लुसेल रंगशालामा बसेर रिपोर्टिङ गर्ने क्रममा उनको निधन भएको हो।
उनी रिपोर्टिङका क्रममा एक्कासी ढलेका थिए। उनलाई तुरुन्त अस्पताल पुर्याइएको थियो। अस्पताल लैजानुपूर्व उनको रंगशालामै ३० मिनेट स्वास्थ्य परीक्षण गरिएको थियो।
सन् १९९६ मा स्पोर्टस इलस्टे«टेडबाट खेल पत्रकारिता सुरु गरेका ४८ वर्षीय वालसँग अनेकौं मिडियामा काम गरेको अनुभव थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।