काठमाडौै– नेदरल्याण्ड्सविरुद्ध तनावपूर्ण खेलमा पेनाल्टी सुटआउटमा ४–३ गाेलले विजयी हुँदै अर्जेन्टिना कतारमा जारी विश्वकपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ।
शुक्रबार सम्पन्न खेलमा निर्धारित समयकाे खेल २–२ गाेलकाे बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटबाट निर्धारण भएकाे थियाे।
निकै तनावपूर्ण खेलमा १५ वटा पहेँलाे कार्ड प्रदर्शन गरिएकाे थियाे। जसमा अर्जेन्टिनाका ८ खेलाडीले पहेँलाे कार्ड पाएका थिए। यस खेलमा पहेँलाे कार्ड पाउने मार्काेस अकुना र गाेञ्जालाे माेन्टियलले सेमिफाइनल खेल गुमाउने छन्।
अर्जेन्टिनाले सेमिफाइनल खेल मंगलबार क्राेएसियाविरुद्ध खेल्दै छ। यी दुवै डिफेन्डरले अस्ट्रेलियाविरुद्ध प्रिक्वाटर फाइनल खेलमा पनि पहेँलाे कार्ड पाएका थिए।
गाेञ्जालाेलाई १०९ मिनेटमा पहेँलाे कार्ड देखाइएकाे थियाे। अकुनाले ४३ मिनेटमा पहेँलाे कार्ड पाएका थिए। याे खेलमा नेदरल्याण्ड्सका डेन्जल डम्फ्रिजले दुई वटा पहेँलाे कार्ड स्वरुप १२८ मिनेटमा राताे कार्डकाे सामना गर्नु परेकाे थियाे।
लिओनल मेसीले निर्धारित ९० मिनेटपछि थप भएकाे १० मिनेटमा नेदरल्याण्ड्सलाई आफ्नाे डिबक्स क्षेत्र नजिक फ्रिकिक हान्न दिने रेफ्रीकाे निर्णयप्रति असन्तुष्टी जनाएका थिए। त्यसैले उनलाई पनि पहेँलाे कार्ड देखाइएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।