काठमाडौं– नेदरल्याण्ड्सविरुद्ध विश्वकपकाे क्वाटर फाइनल खेलअघि अर्जेन्टिनी टिमका कप्तान लिओनल मेसीले २ गाेल हान्ने प्रतिबद्धता व्यक्त गरेकाे र त्यही अनुरुप २ गाेल पनि हानेकाे खुलासा गाेलकिपर इमिलियानाे मार्टिनेजले गरेका छन्।
शुक्रबार राती सम्पन्न खेलमा पेनाल्टी सुटआउटमा नेदरल्याण्ड्सलाई ४–३ गाेलले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गर्याे। याे खेलमा मेसीले एक दिनअघि आफूलाई भनेकाे कुरा सार्वजनिक गर्दै मार्टिनेजले भने, ‘मैले उनलाई भनेकाे थिए–तिमीलाई उत्तेजित बनाउने प्रयास हुनेछ। त्यतिबेला उनले मलाई भने– हाे। तर भाेलि म दुई गाेल हान्ने छु।’
मेसीले नभन्दै क्वाटर फाइनलमा खेलमा पेनाल्टीबाट २ गाेल गरेकाे जानकारी मार्टिनेजले दिए। उनले भने, ‘मेसीले पेनाल्टीबाट गाेल गरे। गाेलका लागि सुन्दर माैका पनि मिलाए। र अन्तिम पेनाल्टी गाेल पनि गरे। उनले आफ्नाे प्रतिबद्धता भन्दा धेरै गरे।’
नेदरल्याण्ड्सविरुद्धकाे खेलमा मेसीले ३५ मिनेटमा नावेल माेलिनालाई गाेलका लागि माैका सिर्जना गरेका थिए। उनले ७३ मिनेटमा पाएकाे पेनाल्टीकाे अवसरलाई गाेलमा परिणत गरे। निर्धारित ९० मिनेटकाे खेल २–२ गाेलमा टुंगिएपछि भएकाे पेनाल्टी सुटआउटमा उनले पहिलाे पेनाल्टी गाेल हानेका थिए। यति बेला पनि गाेल गरेका थिए।
उनकाे दुवै गाेल पेनाल्टीबाट सम्भव भएकाे थियाे। तनावपूर्ण खेलमा मेसीलाई उत्तेजित बनाउन नेदरल्याण्ड्सका खेलाडीहरुले कुनै कसर बाँकी राखेनन्। उनले पहेँलाे कार्डकाे पनि सामना गर्नुपर्याे।
एक पल्ट मैदानमा डच खेलाडीहरु उनलाई हात हाल्न आउदा नेदरल्याण्ड्सका कप्तान भान दायकले आफ्नाे खेलाडीलाई राेकेका थिए।
याे खेलमा गाेलकिपर मार्टिनेजले दुई पेनाल्टी राेकेर अर्जेन्टिनाकाे जितलाई सम्भव तुल्याएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।