• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, वैशाख २९, २०८२ Mon, May 12, 2025 ८ : ४६ : २७
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल
नेयमारद्वारा ब्राजिलको टोलीबाट अवकाश लिने संकेत
64x64
नेपाल लाइभ शनिबार, मंसिर २४, २०७९  १०:३८
1140x725

काठमाडौं– कतारमा भइरहेको विश्वकप फुटबलबाट आफ्नो देशको बहिर्गमनपछि नेयमारले ब्राजिलका लागि खेलिरहने कुरालाई ‘आफूले शत प्रतिशत सुनिश्चित गर्न नसक्ने’ बताएका छन्।

क्रोएशियासँग क्वार्टरफाइनलमा बेहोरेको पराजयसँगै ब्रजिलका प्रशिक्षक टिटेले राजीनामा दिएका छन्। सन् २०१८ को विश्वकप उपविजेता क्रोएशियासँग १-१ को बराबरी खेलेको उपाधिको प्रबल दाबेदार ब्रजिल पेनाल्टी सुटआउटमा पराजित बन्न पुग्यो।

हारसँगै ६१ वर्षका टिटेले ब्राजिलको व्यवस्थापकको जिम्मेवारी पछि अब आफू टोलीबाट अलग हुने बताए। तर ३० वर्षका नेयमारले केही समय आफूले सोच विचार गर्ने बताएको बीबीसीले उल्लेख गरेको छ। उनले भने, ‘यसबारे मैले अझै सोच्नुपर्ने हुन्छ।’

नेयमारले के भने?
प्यारिस साँ-जर्माँका अग्रपङ्क्तिका खेलाडी रहेका नेयमारले थप गरिएको समयमा क्रोएशियाविरूद्ध गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिएका थिए।

सो गोलसँगै नेयमारले ब्रजिलको राष्ट्रिय टोलीका लागि खेलेका १२४ खेलमार्फत ७७ गोल गरे। उक्त गोलसँगै उनले आफ्नो देशका सर्वोत्कृष्ट खेलाडी पेलेले राष्ट्रिय टोलीका लागि गरेको गोल सङ्ख्यासँग बराबरी गरेका थिए।

तर त्यो खुसी लामो समय टिक्न पाएन। ब्रुनो पेटकोभिकले ११७ मिनेटमा खेललाई बराबरी ल्याए। र पेनाल्टी प्रहारमा ब्रजिल ४-२ ले पराजित हुनपुग्यो।

नेयमारले भने, ‘मैले राष्ट्रिय टोलीका लागि कुनै पनि ढोका बन्द गरिसकेको छैन तर म फर्किन्छु भनेर शत प्रतिशत सुनिश्चित गर्न पनि सक्दिन।’

उनले थपे, ‘मैले यसबारे थप सोच्नुपर्ने हुन्छ, मेरो लागि र राष्ट्रिय टोलीका लागि के सही हो भनेर मैले सोच्नुपर्ने हुन्छ।’

Ncell 2
Ncell 2

१८ वर्षको उमेरदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा खेल्न सुरु गरेका उनले तीनवटा विश्वकपमा आफ्नो देशको प्रतिनिधित्व गरेका छन्।

सन् २०१४ मा आफ्नो टोलीलाई सेमिफाइनलसम्म पुर्‍याउन सहयोग गरेका उनी घाइते भएका कारण जर्मनीविरुद्धको सेमिफाइनल खेल्न पाएका थिएनन्।

सो खेलमा ब्रजिल ७-१ गोल अन्तरले लज्जास्पद रुपमा पराजित भएको थियो। नेयमारले अघिल्लो विश्वकप क्वार्टरफाइनलमा बेल्जियमसँग २-१ अन्तरको पराजय भन्दा पछिल्लो हार पीडादायी रहेको बताए।

उनले शब्दमा त्यसलाई व्यक्त गर्न नसकिने भन्दै आफ्नो टोलीले अन्तिमसम्म लडेको र सहकर्मीहरू प्रति गर्व रहेको प्रतिक्रिया दिएका छन्।

प्रशिक्षक टिटेले आफ्नो टोलीले जस्तोसुकै प्रदर्शन गरेपनि विश्वकपपछि राजीनामा दिने बताएका थिए। उनले भने, ‘यो पिडादायी हार हो तर म शान्त भएर जाँदैछु। यो एउटा चक्रको अन्त्य हो।’

सन् २०१६ देखी जिम्मेवारी सम्हालेका उनले सन् २०१९ मा ब्रजिललाई कोपा अमेरिका जिताएका थिए। तर दुईवटा विश्वकपमा क्वार्टरफाइनलभन्दा पर आफ्नो टोलीलाई पुर्‍याउन भने उनी विफल नै रहे।
 

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  १०:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जडीबुटी चोकदेखि पेप्सीकोलासम्म सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन महानगरपालिकाकाे निर्देशन
अमेरिकी चर्चित रेस्लर साबुको निधन
५ महिनापछि खुल्यो हिमपातले अवरुद्ध लिमी-लाप्चा
सम्बन्धित सामग्री
ला लिगामा रियललाई हराउँदै बार्सिलोना उपाधि नजिक खेलको सुरुवातमा म्याड्रिडले लगातार दुई गोल गर्दै बार्सिलोनामाथि दबाब बनाएको थियो । फ्रेञ्च स्टार केलियन एम्बाप्पेले खेलमा ह्याट्रिक... सोमबार, वैशाख २९, २०८२
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने फिफाका अनुसार, विश्वव्यापी रूपमा महिलाको फुटबलमा आएको उल्लेखनीय प्रगतिको कदरस्वरूप यो निर्णय लिइएको हो। यसले थप राष्ट्र र खेलाडीहरूल... शनिबार, वैशाख २७, २०८२
बार्सिलोनालाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा निर्धारित ९० मिनेट ३–३ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । खेलको २१ औं मिनेटमा अर्जेन्टिनी फरवार्ड लौटारो मार्टि... बुधबार, वैशाख २४, २०८२
ताजा समाचारसबै
जडीबुटी चोकदेखि पेप्सीकोलासम्म सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन महानगरपालिकाकाे निर्देशन सोमबार, वैशाख २९, २०८२
अमेरिकी चर्चित रेस्लर साबुको निधन सोमबार, वैशाख २९, २०८२
५ महिनापछि खुल्यो हिमपातले अवरुद्ध लिमी-लाप्चा सोमबार, वैशाख २९, २०८२
न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव सोमबार, वैशाख २९, २०८२
अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा सोमबार, वैशाख २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भुसमुनि भेटियो ७२ लाखको सामान आइतबार, वैशाख २८, २०८२
आफै अमेरिका छाड्न चाहने अवैध आप्रवासीले अब बोनस पाउने आइतबार, वैशाख २८, २०८२
युक्रेनलाई सिधा वार्ताको लागि रुसी राष्ट्रपति पुटिनको आह्वान आइतबार, वैशाख २८, २०८२
हामीले कुरा गर्‍यौँ , भारत-पाकिस्तानबिचको हात हालाहाल रोकियो : प्रधानमन्त्री ओली सोमबार, वैशाख २९, २०८२
अमेरिकी चर्चित रेस्लर साबुको निधन सोमबार, वैशाख २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

nepallivenews@gmail.com
nepallivemarketing@gmail.com

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

healthnewspaper@gmail.com
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्