काठमाडौं– ब्राजिलको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका छन्।
शुक्रबार राति भएको कतार विश्व कपको क्वार्टरफाइनलबाट ब्राजिल पराजित भएपछि मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका हुन्।
शुक्रबार राति भएको खेलमा क्रोएसियाले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गरेको थिए। निर्धारित समयमा कसैले पनि गोल गर्न नसकेपछि समय थप गरिएको थियो।
उक्त समयमा दुवै टिमले एक/एक गोल गरे पनि कसैले पनि जित हात पार्न सकेनन्। जित–हारका लागि खेल पेनाल्टीमा परिणत भएको थियो।
टिटेको नेतृत्वमा ब्राजिलले सन् २०१९ मा कोपा अमेरिकाको उपाधि जितेको थियो। ६१ वर्षीय प्रशिक्षक टिटे सन् २०१६ मा ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।