काठमाडौै– नेदरल्याण्ड्स र अर्जेन्टिनाकाे अतिरिक्त समयकाे खेलकाे पहिलाे हाफमा पनि २–२ गाेलकाे बराबरी यथावत रहेकाे छ।
यसअघि अर्जेन्टिनाले ७३ मिनेटमा लिएकाे दुई गाेलकाे अग्रतालाई नेदरल्याण्ड्सले २–२ गाेलकाे बराबरीमा राेकेकाे थियाे।
अर्जेन्टिनाका लागि नावेल माेलिनाले ३५ मिनेटमा लिओनल मेसीकाे पासमा गाेल गरेका थिए। अर्जेन्टिनाले दाेस्राे गाेल मेसीकाे पेनाल्टीमा गरेकाे थियाे। डिबक्सभित्र अकुनालाई लडाएपछि अर्जेन्टिनाले गाेलकाे अवसर पाएकाे थियाे। जसमा मेसीले विश्वकपकाे चाैथाे गाेल पुरा गरे।
नेदरल्याण्ड्सका लागि दुवै गाेल अतिरिक्त खेलाडीकाे रुपमा मैदान प्रवेश गरेका वाउट वेगहर्स्टले गरेका थिए। माम्फेज डिपेइकाे स्थानमा ७८ मिनेटमा प्रवेश गरेका वाउटले पाँच मिनेटभित्रै पहिलाे गाेल गरेका थिए।
उनले ८३ मिनेटमा स्टेभन बर्गहजकाे पासमा हेडिङ गाेल गरेका थिए। बर्गहज पनि दाेस्राे हाफपछि मैदानमा प्रवेश गरेका थिए। निर्धारित ९० मिनेटकाे खेल सकिएर थप गरिएकाे ११ मिनेटमा प्राप्त फ्रिककाे अवसरलाई पनि नेदरल्याण्ड्सले सदुपयाेग गरेकाे थियाे।
टेउन कप्मेर्न्सले डिबक्स नजिकैबाट हानेकाे फ्रिककमा डिबक्सभित्र रहेका वाउटले दाेस्राे गाेल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।