काठमाडौं– अर्जेन्टिनाले लिएकाे सुरुवाती अग्रतालाई उल्टाउँदै नेदरल्याण्ड्सले खेललाई २–२ काे बराबरीमा राखेकाे छ। दुवै गाेल वाउट वेगहर्स्टले गरे।
अर्जेन्टिनाले नावेल माेलिना र लिओनल मेसीकाे गाेलमा ७३ मिनेटमा अग्रता बनाएकाे थियाे। तर त्यसपछि नेदरल्याण्ड्सले १७ मिनेटमा २ गाेल फर्कायाे। दुवै गाेल अतिरिक्त खेलाडीकाे रुपमा प्रवेश गरेका खेलाडीले गरे।
८३ मिनेटमा वाउट वेगहर्स्टले हेडिङ मार्फत गाेल गरे। अर्काे गाेल फ्रिककमा वेगहर्स्टले नै गरे। उनले निर्धारित ९० मिनेटकाे खेल सकिएर थप गरिएकाे ११ मिनेटमा गाेल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।