दोहा– क्रोएसियाले विश्वकपको क्वाटरफाइनलमा पाँच पल्टको विश्व च्याम्पियन ब्राजिललाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै सेमिफाइनलको यात्रा तय गरेपछि क्रोएसियाली मोडल इभाना नोको पनि चर्चा चुलिएको छ।
मिस क्रोएसियाको ताज पहिरिसकेकी इभाना शुक्रबार पनि रंगशालामा उपस्थित भएकी थिइन। यतिबेला उनको ‘हट’ पोसाक देखेर सुरक्षाकर्मीले विशेष निगरानीमा राखेका थिए। कतारमा महिलाहरूलाई आधुनिक पहिरनमा हिँडडुल गर्न कानुनले बन्देज गरेको छ।

यसअघि प्रिक्वाटर फाइनल खेलमा पनि उनी ‘हट’ पोसाकमा देखिएकी थिइन। त्यतिबेला कतारी दर्शकलगायत सबै जना उनको फोटो खिच्न व्यस्त देखिएका थिए।
३० वर्षीय इन्स्टाग्राम मोडल इभाना कतारमा जारी विश्वकपमा खेलाडीभन्दा बाहिर सबैभन्दा चर्चित अनुहार हुन्।

एजुकेसन सिटी रंगशालामा भएको खेलमा सुरक्षाकर्मीले उनलाई फोटो खिच्न मनाही गरेका थिए। उनले फ्यानहरूसँग बसेर फोटो खिच्न पाइनन्। बिल्ड पत्रिकालाई छोटो अन्तर्वार्ता दिने क्रममा उनले भनिन्, ‘उनीहरूले दर्शकसँग फोटो खिच्न स्विकृति दिएनन्। रेलिङमा उभिएर पनि फोटो खिच्न दिएनन्। मैले उनीहरूलाई कारण सोधेको थिए। तर, उनीहरू कडा रूपमा प्रस्तुत भए।’
इभानाको इन्स्टाग्राममा १८ लाख फलोअर्स छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।